सलमानको ‘तेरे बिना’ को टिजर रिलिज (भिडियो)
सलमान खानको दोस्रो गीत ‘तेरे बिना’ भिडियोको टिजर रिलिज गरिएको छ। भिडियोमा सलमान र ज्याकलिनको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। इन्स्टाग्राममा गीतको टिजर सेयरगर्दै क्याप्सनमा लेखेका छन,“तेरे बिना...सम्पूर्ण आमाहरुमा मर्दस डे को धेरैधेरै शुभकामना।”
सलमानको अभिनय र आवाज रहेको गीतलाई सलमानको साथी अजय भाटियाले कम्पोज र शब्बीर अहमदले लेखेका हुन्।
लकडाउनमा खिचिएको भएपनि भिडियो छायांकनको क्रममा लकडाउनको सबै नियम पालना गरेको बताइएको छ। गीत १२ मे मा सलमानको खानको अफिसियल युट्युब च्यानल र सामाजिक सञ्जालमा रिलिज हुने बताइएको छ।