‘छक्का पञ्जा ३’ मा दीपिकादेखि जीतु-केदारसम्मको छमछमी
सुपरहिट सिरिज 'छक्का पञ्जा' को तेस्रो शृंखला आउँदो दशैंमा रिलिज हुँदैछ । यस फिल्मका हरेक सिरिजको दर्शकमाझ खुबै प्रतिक्षा रहने गर्दछ ।
गएको २ महिनादेखि दैनिकजसो चलिरहेको ‘छक्का पञ्जा ३’ को शनिवार एक लोक लयको गीत खिचिएको छ ।
एक दर्जन कलाकार नाचेको गीतको छायांकन एक साता लगाएर शनिबार सकिएको निर्देशक दिपाश्री निरौलाले बताइन् । यसपाली पानीले दुःख दियो, दीपाश्रीले भनिन्, 'जसोतसो गरी सुटिङ सक्यौं । अब सम्पादनको काम हुँदैछ ।'
दीपाका अनुसार पहिलो नम्वरमा बोलको गीत गोकर्ण र नर्लिन रिसोर्टमा खिचिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला नाचेका छन् ।
दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने स्वर डेभिड शंकर र विन्दु परियारको छ । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा खिचेका हुन् ।