सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलिया भट्टको कपडा लिलामी

२०७५ असार ३२, १०:४३

अभिनेत्री आलिया भट्ट बलिउड फिल्म उद्योगमा छोटो समयमै अब्बल अभिनयका सफलताको उचाइमा पुगेकी छिन् । 
तर अहिले उनी अभिनय भन्दा बाहिरको कामका कारण चर्चामा छिन् । उनले गरेको असल कामका कारण अहिले उनको प्रशंशा भइरहेको छ । 
केही महिना अगाडि आलियाले उनका कपडा लिलामी गर्ने घोषणा गरेकी थिइन् । उनले कपडा लिलामीबाट आएको रकम संकलन गरेर एक संस्थालाई दिएकी छिन् । 
जुन संस्थाले प्लास्टिकका बोतललाई रिसाइकल गरेर बिजुलीको पहुँच नभएका गरिब परिवारमा बिजुलीको सेवा पुर्याउने काम  गर्छ । 
आलियाले यो संस्थामार्फत ४० परिवारको घरमा उज्यालो पुर्‍याउने काम गरेकी छिन् । आलियाले लिलामी गरेका कपडाबाट संकलित रकम जम्मा गरेर कर्नाटकको मंड्या जिल्लाको किकेरी गाउँका परिवारको घरमा बिजुली पु¥याएकी छिन् । 
उनले ब्याङ्गलोरको आरोहा नामक संस्थाको सहकार्यमा यो काम गरेकी  हुन । आरोहाले ‘लाइटर अफ लाईट’ नामको प्रोजेक्ट संचालन गर्छ ।
भारतमा अझै पनि कतिपय यस्ता गाउँहरु छन्, जहाँका मानिस अध्यारोमा बस्न बाध्य छन । लाइटर अफ लाईट परियोजनाले त्यस्ता परिवारको घरमा उज्यालो प्रदान गर्ने भएका कारण उक्त संस्थाको सहकार्यमा यो काम गरेको आलियाले बताएकी छिन् ।
आलिया यो गाउँमा रहेका २०० परिवारको घरमा बिजुली उपलब्ध गराउने योजनामा छिन् । साथै उनले अन्य संस्थासँग पनि मिलेर सहयोगको काम गर्ने बताएकी छिन् । 

कमेन्ट लोड गर्नुस