सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

२०७७ जेठ ३२, ०३:०७ खबर संवाददाता

बलिवुडका अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन।

आत्महत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ। ३३ वर्षीय राजपूतको घरमा काम गर्ने व्यक्तिले बान्द्रा प्रहरी चौकीमा आत्महत्याबारे जानकारी गराएका थिए। 

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए। उनले शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस