सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विधान कार्कीले निर्देशन गरेको भिडियो दर्शकको रोजाईमा

२०७७ असार १०, १०:४८ खबर संवाददाता

धनगढी : कैलालीको टीकापुरका विधान कार्कीले निर्देशन गरेको भिडियो दर्शकको रोजाईमा परेको छ। चलचित्र निर्देशक कार्कीले निर्देशन गरेको म्युजिक भिडियो नेपाली लोक पप गीत ‘मैले बोलेको छैन् ढाँटेर’ भन्ने दर्शकको रोजाईमा परेको हो।

तीन दिन अगाडी युवट्युव मार्फत सार्वजनिक भएको म्युजिक भिडियो ट्रेन्डिंग नम्बर १८ मा पुगेको छ भने चार दिनमै दुई लाख ३२ हजार भन्दा बढीले हेरेका छन्।

उक्त गीत सफल संगीतकार अर्जुन पोखरेलको संगीत, शब्द, र संगीत संयोजनमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको आवाज रहेको छ।

द डिभाईन म्युजिक र नेपसिने कम्पनीको प्रस्तुतीमा तयार भएको भिडियो द डिभाईन म्युजिकको अफिसियल युवट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो। उनले यस अघि पनि निरन्तर रुपमा धेरै म्युजिक भिडियो निर्देशन गरीसकेका छन्।

कमेन्ट लोड गर्नुस