सुदूर नेपाललाई विश्वसँग जोड्दै

जय शम्भुमा वर्षाको रोमान्स

२०७५ साउन ५, ०८:११

जय शम्भु नामक फिल्मको गीत सार्वजनिक गरिएको छ। म त परें तिम्रै भर बोलको रोमान्टिक गीतमा अनुपविक्रम शाही र वर्षा शिवाकोटी रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। 
सार्वजनिक गीतमा अमृता नेपालको शब्द, टंक बुढाथोकीको संगीत, अञ्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको छ भने यसको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।
 रूपेश तामाङले निर्देशन गरेको फिल्म एक्सन र लभस्टोरीमा बनेको बताइएको छ। 
श्री श्रेष्ठको एक्सन, हरि घले लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्ममा अनुपविक्रम शाही र वर्षा शिवाकोटीसँगै प्रशान्त ताम्राकार, रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, वसन्त भट्ट, राजकुमार थापा, कालु रानालगायतका कलाकारले अभिनय गरेका छन्।

कमेन्ट लोड गर्नुस