सुदूर नेपाललाई विश्वसँग जोड्दै

बक्सअफिसमा आमने-सामने हुँदै कंगना र ऋतिक

२०७५ साउन ८, ०७:४९

बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता ऋतिक रोशनबीचको निजी जिन्दगीलाई लिएर मच्चिएको घमासान त यादै होला ।
 अब बलिउडका यी दुई ठूला स्टार चाँडै एकपटक फेरि आमने-सामने हुने भएका छन् । 
 यो भिडन्त यसपटक पर्सनल नभई बक्सअफिसमा हुने भएको छ । ऋतिक रोशन चाँडै बिहारको गणितज्ञ आनन्द कुमारको बायोपिक 'सुपर ३०' मा देखिँदैछन् । 
यो फिल्मको रिलिज डेट अर्को वर्षको २५ जनवरीलाई तय गरिएको छ । 
 अब यो मितिमा कंगना रनौतको सबैभन्दा ठूलो प्रोजेक्ट 'मणिकर्णिका : द क्‍वीन अफ झांसी' आउने पक्का भएको छ । 'मणिकर्णिका' अर्को वर्षको २५ जनवरीमा रिलिज हुँदैछ । 
 झांसीकी रानी लक्ष्‍मीबाईमा आधारित यो फिल्ममा कंगना, लक्ष्‍मीबाईको भूमिकामा देखिँदैछिन् । 
सुरुवातमा यो फिल्म यस वर्षको २५ अप्रिलमा रिलिज हुने बताइएको थियो । यसपछि यो फिल्म १५ अगस्टमा रिलिज हुने चर्चा थियो ।  
तर, अब जी स्‍टूडियो र प्रोड्यूसर कमल जेनले यो फिल्मको रिलिज आउँदो गणतन्त्र दिवसमा रिलिज गर्ने फैसला गरेका छन् । 
हालैमा यस फिल्मको टीजर रिलिज डेट घोषणा गरिएको थियो । यो फिल्मको टीजर १५ अगस्टमा सार्वजनिक हुँदैछ ।  

कमेन्ट लोड गर्नुस