सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिम्रो आँखामा बोलको गीत सार्वजनिक

२०७५ साउन ९, १०:४९

 विकास आचार्य निर्देशित फिल्म नाइँ नभन्नू ल–५ मा समावेश तिम्रो आँखामा आँखा जुधाई बोलको गीत सार्वजनिक गरिएको छ ।
भदौ ८ गते प्रदर्शन हुने फिल्मको गीत मंगलबार राजधानीमा प्रदर्शन गरिएको हो । मेलिना राईको स्वर, दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र नवअभिनेता अभिषेक नेपाललाई प्रस्तुत गरिएको छ । 
पुरुषोत्तम प्रधानले खिचेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । निर्देशक आचार्य र सामीप्य तिमिल्सिनाले लेखेको फिल्ममा स्वस्तिमा र अभिषेकका साथमा प्रियंका कार्की, केकी अधिकारी, दिलीप रायमाझी, निरुता सिंह, बुद्धि तामाङ, बालकलाकारद्वय सेड्रिना शर्मा र अनुभव रेग्मी मुख्य भूमिकामा छन् ।

कमेन्ट लोड गर्नुस