प्रियंका र प्रमोदको कामुक दृश्यको आलोचना
फिल्म ‘कथा काठमाण्डु’को ‘रातको कुरा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएसँगै आलोचित पनि भएको छ ।
गीतको भिडियोमा गायिका इन्दिरा जोशी पनि देखिएकी छिन् । शब्द संगीत प्रदीप बास्तोलाको रहेको भिडियोमा फिल्मका प्रमुख कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको कामुक दृश्यको आलोचना भएको हो ।
भिडियोमा दुई कलाकारको अन्तरंग दृश्यलाई कलात्मक ढंगबाट प्रस्तुत गरिए पनि कामोत्तेजक सिन दिइएको भनेर प्रियंका र प्रमोदको सामाजिक सञ्जालमा आलोचना भएको हो ।
विजय राईको निर्माणमा बनेको यस फिल्मको निर्देशन संगीता श्रेष्ठले गरेकी हुन् । ‘रातको कुरा’को कोरियोग्राफी पनि उनैको हो । फिल्ममा प्रियंका र प्रमोदका साथै आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको पनि अभिनय छ ।