सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रियंकाले गरिन् निकसँग इन्गेजमेन्ट

२०७५ साउन १२, ०८:१५

 २५ वर्षीय निक प्रियंकासँग निकै सिरियस छन् । त्यसकारण हतार–हतार इन्गेजमेन्ट गरेको बताइन्छ । ३६ वर्षीया प्रियंका पनि निकलाईऔधी माया गर्छिन् । 
उमेर नमिले पनि मन मिलेको तर्क उनको छ ।बलिउड अभिनेत्री प्रियंका चोपडाले प्रेमी निक जोनाससँग इन्गेजमेन्ट गरेकी छिन् । 
अमेरिकी पप स्टार निक प्रियंकाभन्दा ११ वर्ष कान्छा छन् । प्रियंका हलिउड प्रवेश गरेपछि नै उनीहरूबीच चिनजान भएको थियो ।
भारतीय अनलाइन मिडियाले उल्लेख गरेअनुसार प्रियंका र निकले लन्डनमा इन्गेजमेन्ट गरेका हुन् । केही समयअघि प्रियंका अमेरिकाबाट भारत आउँदा निक पनि सँगै आएका थिए । उनीहरू जहाँ पनि सँगै देखिने गरेका थिए ।
प्रियंका र निक पछिल्लो साता लन्डनको टिफनी स्टोरमा पुगेका थिए । जहाँ प्रियंकाले एउटा हिराको औँठी मन पराएकी थिइन् । निकले इन्गेजमेन्टमा प्रियंकालाई त्यही औँठी लगाइदिएको बताइन्छ । 
झन्डै दुई महिना डेटिङमा रमेका उनीहरूले त्यहीबीचमा एक–अर्काको परिवारलाई भेटेका थिए ।
दुवैले परिवारको सहमतिमै एक हुने निर्णय गरेको बताइन्छ । इन्गेजमेन्टले दुवैजना निकै खुसी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 
२५ वर्षीय निक प्रियंकाको विषयमा निकै सिरियस भएकाले हतार–हतार इन्गेजमेन्ट गरेको बताइन्छ । ३६ वर्षीया प्रियंका पनि निकसँग गहिरो प्रेममा परेकाले एकाएक एक हुने निर्णय गरेको बताइन्छ ।

कमेन्ट लोड गर्नुस