सुदूर नेपाललाई विश्वसँग जोड्दै

धर्मसंकटमा आलिया प्रेम ठूलो कि मित्रता ?

२०७५ साउन १३, ०९:११

 कुनै समय थियो, जतिवेला आलिया भट्ट र कैट्रिना कैफ निकै मिल्थे ।
 तर, बलिउडका यी दुई अभिनेत्रीबीच अहिले बोलचालसम्म छैन । यसका कारण हुन्, रणवीर कपुर । आलिया र रणवीर अहिले प्रेममा छन् ।
कैट्रिना रणवीरकी पूर्वप्रेमिका हुन् । मिडिया रिपोर्टस्का अनुसार सोनम कपुरको बिहे तथा रिसेप्सन पार्टीसम्म दुई अभिनेत्रीको सम्बन्ध राम्रो थियो । हुन त सोनमको बिहेभोजमा रणवीर र आलिया एकसाथ पुगेका थिए ।
तर, यतिवेलासम्म उनीहरूले आफ्नो प्रेमका विषयमा सार्वजनिक बोलेका थिएनन् । त्यसैले यो पार्टीमा आलिया र कैट्रिनाले खुलेर रमाइलो गरे । 
तर, जब रणवीर र आलियाले आफ्नो प्रेम सम्बन्धका विषयमा सार्वजनिक रूपमा बोले । त्यसपछि कैट्रिना स्तब्ध भइन् ।
यसपछि पनि धेरै कार्यक्रममा आलिया र कैट्रिना आमने–सामने हुने गरेका छन् ।
 तर, कैट्रिना बोल्दिनन् । स्रोतका अनुसार कैट्रिनालाई मनाउन आलियाले धेरै प्रयास गरेकी छिन् । हेरौँ, प्रेम र मित्रताको यो लडाइँमा आलिया सफल हुन्छिन् वा मित्रता हार्नेछ ।

कमेन्ट लोड गर्नुस