‘जय शम्भु’को ट्रेलर सार्वजनिक
चलचित्र ‘जय शम्भु’को ट्रेलर सार्वजनिक भएको छ । रुपेश तामाङद्वारा निर्देशित चलचित्रको ट्रेलर आइतबार सार्वजनिक भएको हो ।
अनुपबिक्रम शाही, वर्षा शिवाकोटी, प्रशान्त ताम्राकार, रोशन महर्जन, करुणा पाण्डेलगायतको अभिनय रहेको चलचित्रको ट्रेलरको टिजर र गीत पहिले नै सार्वजनिक भएको छ ।
ट्रेलरमा प्रशान्त र अनुपविक्रमबीचको द्वन्द्व देख्न सकिन्छ । चलचित्रले भदौ १ लाई प्रदर्शन मिति तोकेको छ ।
अरविन्द्रमान शाक्य निर्माता रहेका चलचित्र जय शम्भुमा कार्यकारी निर्माताका रुपमा चक्र तामाङ रहेका छन् ।