सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुका छुप्पी’ मा कृतिको रोमान्स

२०७५ साउन १५, ०७:४६

  कैयौं अड्कलबाजीपछि बलिउडका नयाँ स्टार अभिनेता कार्तिक आर्यनले फिल्म ‘लुका छुप्पी’ साइन गरेको आधिकारिक खबर सार्वजनिक भएको छ । 
उनी अभिनित फिल्म ‘सोनू की टिटुकी स्वीटी’ सुपरहिट भएसँगै कार्तिकको माग बलिउडमा बढिरहेको छ भने दर्शक पनि उनको फिल्म हेर्न उत्साही छन् । 
खबरहरुका अनुसार फिल्म युनिट तथा कलाकारहरुले ‘लुका छुप्पी’ को छायाँकंनका लागि तयारी पूरा गरिसकेका छन् ।  अब छिट्टै यस फिल्मको छायाँकंन सुरु गरिनेछ । 
फिल्मको छायाँकंन भारतको मथुरा, आगरा र कार्तिकको गृहनगर ग्वालियरमा गरिनेछ । 
यस फिल्ममा कार्तिक आर्यन मथुराको स्थानीय टेलिभिजनका स्टार पत्रकारको भूमिका देखिनेछन् भने कृति सेनन उनकी पे्रमिकाको भूमिकामा देखिनेछिन् ।
 फिल्ममा कार्तिक आर्यन र कृति सेनन स्थानिय भाषा तथा लबजमा बोल्नु पर्ने भएका कारण दुवै अहिले त्यसको तयारी सुरु गरिसकेका छन् । 
फिल्मका लागि कार्तिक र कृतिको लुक टेष्टमा लिइएको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ । जसमा कार्तिक र कृति दुलहा दुलहीको रुपमा देखिएका छन् । 
लक्ष्मण उतेकरको निर्देशनमा बन्ने यो फिल्म प्रेम कहानीमा आधारित हुनेछ । कार्तिक आर्यन र कृति सेनन पहिलो पटक एकसाथ काम गरिहेका छन । 
कमेडीमार्फत दर्शकको मन जित्न सफल कार्तिक आर्यन ‘लुका छुप्पी’ मा भने कमेडी र रोमान्स गर्नेछन् । कार्तिक र कृतिको यो जोडीले दर्शकको मन जित्न कत्तिको सफल हुनेछ त्यो त फिल्म रिलिजपछि नै थाहा हुनेछ । 

कमेन्ट लोड गर्नुस