सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिङ्सको डम्फुमा दर्शकको माया

२०७५ साउन १७, ०८:०४

  गायिका मिङ्स लामाको सेलो गीत ‘डम्फुमा’ छोटो समयमै लोकप्रिय बनेको छ । युटुबमा सार्वजनिक भएको छोटो समयमै करिब ७ लाख दर्शकले गीत हेरिसकेका छन् । 
गीतको म्युजिक भिडियोमा नायक तथा मोडल पल शाह, सृष्टि थापा मगर र सुमी मोक्तानले अभिनय गरेका छन् ।
सोनाम लामा ब्लोनले बजारमा ल्याएको गीतका शब्द र संगीत अशुसेन लामाका हुन् । 
फणिन्द्र राईले एरेन्ज गरेको गीतको म्युजिक भिडियो निर्देशन भने निकेश खड्काले गरेका हुन् ।
 यसअघि पनि गायिका लामाले सेलो पप र लोक शैलीका दर्जनौँ गीत बजारमा ल्याइसकेकी छिन् ।

कमेन्ट लोड गर्नुस