प्रियंका र निक म्युजिक भिडियोमा
बलिउड अभिनेत्री प्रियंका र बलिउड गायक तथा अभिनेता निक जोनसको इन्गेजमेन्टको खबर बाहिर आएको धेरै समय भएको छैन । उनीहरूका फ्यानहरू यस जोडीसँग सम्बन्धित हरेक खबरमा चासो राखिरहेका छन् ।
पछिल्लोपटक भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंका र निक चाँडै नै एक भिडियोमा सँगै देखिन सक्नेछन् । यति मात्र होइन, निक र प्रियंकाले नै यस गीतमा स्वर दिने सम्भावना भएको बताइएको छ ।
यस्तो गीत गर्नु निकका लागि पहिलो भने होइन । किनकि, निक आफ्नी पूर्वप्रेमिका ओलिभियाका साथ म्युजिक भिडियोमा देखिइसकेका छन् ।
समाचारअनुसार निक र प्रियंकाले सेप्टेम्बरमा बिहे गर्ने सम्भावना छ । बलिउड लाइफका अनुसार निक र प्रियंकाले बिहेको तयारी गरिरहेका छन् ।
प्रियंकाले बिहेका लागि गाउनसमेत तयार गरिसकेकी छिन् । गाउन बनाउनुको पछाडि उनले क्रिश्चियन रीतअनुसार बिहे गर्न लागेको रहस्य रहेको भारतीय मिडियाले अनुमान गरेका छन् ।