गायक विष्णु भट्टले ल्याए ‘चिलगाडी’
धनगढी : गायक विष्णु भट्टले ‘चिलगाडी’ बोलको गीत सार्वजनिक गरेका छन्। लामो समय देखि नेपाली गीत संगित क्षेत्रमा संक्रिय भट्टले ‘चिलगाडी बोलको गीत सार्वजनिक गरेका हुन्।
सुदूरपश्चिमबाट उदायका सर्जक तथा गायक बिष्णु भट्टकै लए, शब्द रहेको उक्त गीतमा महिला आवाज भने एचिना चौहानको रहेको छ। गीतमा माया पिरती गरिबी र प्रदेशी हुदाको पिडा भावलाई देखाईएको छ।
ओम सुनारको संगीत संयोजनमा तयार भएको गित बिरेन्द्र धामीले छायांकन तथा सम्पादन गरेका हुन्।