सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय कलाकारमा बढेको देउडा मोह

२०७५ साउन १९, ११:०६

नेपाली आधुनिक संगीतमा चर्चित नाम हो प्रमोद खरेल, खरेलका थुप्रै चर्चित गितले प्रदेश नम्वर ७ का श्रोता दर्शकको पनि मन जितेको छ । त्यसैले पनि होला प्रदेश नम्वर ७ मा आयोजना हुने विरलै मेला महोत्सव होलान जहाँ खरेलको उपस्थिति रहदैन् । देउडा लयमै नेपाली शव्दको प्रयोग गरेर धनगढी प्रिमियर लिगको गीत गाएका उनलाई यस क्षेत्रमा आयोजना हुने अधिकासं मेला महोत्सवमा आमन्त्रण गरिन थालेपछि देउडा गितको मोहले तानेको हो ।

उनले देउडा खेलौ चट्टै बोलको देउडा गित बजारमा ल्याए र झनै चर्चा कमाए । 
लोक दोहरी संगितमा टिका पुनको नाम पनि चर्चित हो । आफै प्रदेश नम्वर ७ को वासिन्दा नभएपनि पुनले चल्तीकी देउडा गायिकाकै हारहारीमा देउडा गित गाएकी छिन् । यसै क्षेत्रका देउडा गायको साथ दिएर पुनले देउडा गित बजारमा ल्याएकी हुन् । प्रदेश नम्वर ७ मा उनको परिचय नै देउडा गितले बनाइदिएको छ । 
लोकदोहरीमा नाम कमाएर अहिले एक पछि अर्को देउडा गितमा गायीका देवी घर्ती मगरको स्वर पनि सुन्न पाइन्छ । चर्चीत लोकदोहरी गायीका विष्णु माझी, गायक राजु परियार, मिलन लामा, रामचन्द्र काफ्ले, कोमल वली, जुनु रिजाल, माण्डवी त्रिपाठी लगायतका गायक गायीकाले देउडा गितमा स्वर दिन थालेको त बर्षाै भइसकेको छ ।

मेला महोत्सवका नाममा प्रदेश नम्वर ७ ले धेरै राष्ट्रिय कलाकारको राम्रो आम्दानी गराउन थालेपछि उनीहरुले नै देउडा गीतमा स्वर दिन थालेका हुन् । प्रदेश नम्वर ७ मा आयोजना हुने मेला महोत्सवमा आयोजकको सबैभन्दा बढि रोजाइमा भने प्रदेश बाहिरका कलाकारहरु पर्ने गरेका छन् । ठेट देउडा कलाकारले गाउँदा दर्शकले थपडी बजाउदैनन् भन्ने मानसिकताका कारण प्रदेश बाहिरका कलाकारहरु पहिलो रोजाइमा पर्ने गरेका छन् ।

त्यसैले पनि होला नाम र दाम कमाएका राष्ट्रिय कलाकार पनि अहिले देउडा गित बजारमा ल्याउन थालेका छन् । प्रदेश नम्वर ७ कै कलाकारले देउडा गित गाए दर्शकले थपडी बजाउदैनन् अनि आयोजकले पनि उनीहरुलाई स्वीकार्ने आट गरेको हुन्न । तर प्रदेश बाहिरका जस्ले राष्ट्रिय कलाकारको दर्जा पाएका हुन्छन् तिनिहरुले त्यहि देउडा गीत गाँउदा दर्शकले जोर–जोरले थपडी बजाउछन् ।

यस क्षेत्रका गायकमा गायनीमा कमि हो वा श्रोता दर्शकको यस क्षेत्रका कलाकार प्रतिको सोचाइ नै गलत हो सोच्ने बेला आएको छ । 
 

कमेन्ट लोड गर्नुस