सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोनाली खतरामुक्त

२०७५ साउन २०, १०:५६

 फिल्ममेकर गोल्डी बेलले आफ्ना समर्थक तथा शुभचिन्तकलाई प्रार्थनाका लागि धन्यवाद् दिएका छन् ।
 श्रीमती सोनाली बेन्द्रेले अहिले उपचार गराइरहेको तथा उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी उनले ट्विटरमार्फत गराएका हुन् ।
सोनालीले अहिले न्युयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । गत महिना मात्रै सोनालीले आफू क्यान्सरबाट ग्रस्त रहेको बताएकी थिइन् ।
 ४३ वर्षीया यी अभिनेत्रीले यस विषयमा १२ वर्षका छोरा रणवीरलाई जानकारी गराउने वा नगराउने भन्ने विषयमा द्विविधामा रहेको बताएकी थिइन् ।
सन् १९९० देखि २००० को सुरुवाती दशकसम्म उनी निकै चर्चामा थिइन् । ‘सर्फरोस,’ ‘दिलजले,’ ‘जख्म,’ ‘हम साथ साथ है,’ ‘लज्जा’लगायतका चर्चित फिल्ममा सोनालीले अभिनय गरेकी छिन् ।

कमेन्ट लोड गर्नुस