सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चामा एन्जेला बेबी

२०७५ साउन २०, ११:०१

 चीनकी स्टार मोडल, गायिका तथा अभिनेत्री एन्जेला बेबी अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । इन्ट्राग्राममा रहेका उनका फलोअरको संख्या हेर्ने हो भने चिनियाँ मोडलहरूले विश्वव्यापी ख्याती कमाउन सक्दैनन् भन्ने भ्रम सजिलै तोडिन्छ ।
 उनलाई इन्ट्राग्राममा ६ दशमलव ६ मिलियन तथा वोइबोमा ८७ मिलियनले फलो गरिरहेका छन् ।
तीन वर्षअघि उनले चिनियाँ सुपरस्टार हुवाङ सियाओमिङसँग विवाह गरेकी थिइन् । यो जोडीको पहिलो सन्तानका रूपमा गत वर्ष छोराको जन्म भएको थियो । 
अहिले विश्वका चर्चित कम्पनीहरूले आफ्नो ब्रान्ड प्रमोसनका लागि यी मोडललाई प्रयोग गर्ने गरेका छन् ।
२९ वर्षीया यी मोडलले चर्चित ब्रान्ड डिओर, ट्याग हियर र युजिजिकी ब्रान्ड एम्बेसडर हुन् ।
 उनले गक्की र गिभिन्चीजस्ता चर्चित प्रडक्टहरूको विज्ञापनमा मोडलिङ गरिसकेकी छिन् । साङघाईमा जन्मिएकी एन्जेलाको घर हङकङ हो ।

कमेन्ट लोड गर्नुस