सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐश्वर्या र अभिषेकको जोडी जमेका फिल्म

२०७५ साउन २१, ०९:११

  आठ वर्षदेखि बलिउडमा चर्चित जोडी बनिरहेका ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन ‘गुलाब जामुन’बाट ठूलो पर्दामा पुनरागमन गर्दै छन् । 
यसभन्दा अघि यो जोडी फिल्म ‘रावन’मा सँगै देखिएको थिए । रियल लाइफ र रिल लाइफ दुवैमा यो जोडी खुब जमेको चर्चा गरिन्छ । उनीहरूको जोडीले अन्य फिल्ममा तहल्का पिटेको थियो । उनीहरूका केही फिल्म :
‘ढाई अक्षर प्रेम के’
ऐश्वर्या र अभिषेक पहिलोपटक फिल्म ‘ढाई अक्षर प्रेम के’मा सँगै देखिएका थिए । सन् २००० मा बनेको यस फिल्ममा यी दुईको जोडीलाई अत्यधिक रुचाइएको थियो ।
 राज कम्बरले निर्देशन गरेको यस फिल्ममा अभिषेक एक आर्मी क्याप्टेनको भूमिकामा छन् भने ऐश्वर्या साहिबा नामकी युवतीको भूमिकामा छिन् ।
‘कुछ ना कहो’
ऐश्वर्या र अभिषेकले सिप्पीको निर्देशनमा बनेको फिल्म ‘कुछ ना कहो’मा पनि काम गरेका थिए । सन् २००३ मा रिलिज भएको यो फिल्म ८ करोड बजेटमा बनेको थियो भने फिल्मले १३ करोड संकलन गरेको थियो ।
 फिल्म बक्स अफिसमा फ्लप भए पनि दर्शकले ऐश्वर्या र अभिषेकको जोडीलाई रुचाएका थिए ।
‘धुम–२’
सन् २००६ मा प्रदर्शनमा आएको यस फिल्ममा ऐश्वर्या र अभिषेक त देखिए, तर ऐश्वर्याको जोडी भने ऋतिकको साथमा जम्यो । यो फिल्मले अन्तर्राराष्ट्रिय रूपमै तहल्का पिटेको थियो । बक्स अफिसमा रेकर्डसमेत राखेको थियो ।
‘गुरु’
सन् २००७ मा रिलिज भएको फिल्म ‘गुरु’बाट ऐश्वर्या र अभिषेक बच्चनले यसरी तहल्का पिटे कि जसले बलिउडमा तरंग नै ल्यायो । यो फिल्म हरेक दृष्टिबाट हिट रह्यो ।
 त्यस समयदेखि यो जोडीलाई रियल लाइफमा पनि साथै देख्न थालियो । अभिषेकले ऐश्वर्यालाई यही फिल्मको सुटिङताका प्रपोज गरेका थिए ।

कमेन्ट लोड गर्नुस