सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारीमाथि अत्याचार कहिले सम्म सरकार ?

२०७५ साउन २१, १०:४७

नारी माथि अत्याचार कैले सम्म सरकार  
हत्या हिंसा बलत्कार कैले सम्म सरकार

पढ्न गाकि बालिकाका अस्मिता लुटिन्छन् 
यस्ता घट्ना बारम्बार कैले सम्म सरकार

दोषीहरु खुलेआम सम्मान स्वरुप घुम्दा
सुरक्षा निकाय लाचार कैले सम्म सरकार

अपराधीको विरुद्धमा आवाज उठाउने 
जनता माथि दुर्व्यबहार कैले सम्म सरकार
  
मानबता हरायाे मान्छेबाट बिश्वास हरायाे 
भाई भाईमा काटामार कैले सम्म सरकार

मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी)
मंगल्सैन ४ अछाम हाल- फुजैराह यूएई

कमेन्ट लोड गर्नुस