नेहाको बिकिनी पोज
अभिनेत्री नेहा शर्माले म्याक्जिम म्यागेजिनका लागि बिकिनीमा फोटोसेसन गरेकी छिन् । उनको ती फोटाले अहिले चर्चा पाएका छन्।
क्रुक, यंगिस्तान, तुम बिन–२, मुबाकरालगायतका फिल्ममा अभिनय गरेकी नेहाको अभिनयले राम्रै तारिफ पाउने गरेको छ । अहिले आएर उनको बिकिनी पोजको पनि चर्चा चलेको छ ।
म्याक्जिम म्यागेजिनले कभरका लागि बलिउडका सेलेब्रिटीको फोटोसेसन गर्ने गर्दछ ।
यो नै नेहाको म्याक्जिमका लागि पहिलो सेसन भएको बताइन्छ । सेसनमा नेहा निकै खुलेको र सोहीअनुसारका फोटो प्रकाशित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
फोटोसेसनप्रति नेहा निकै उत्साहित त थिइन् नै, उनले केही फोटोहरू इन्स्ट्राग्राममा सेयर गरेपछि उनको चर्चा बढेको हो ।