सुदूर नेपाललाई विश्वसँग जोड्दै

यो सालको तीजमा सबैलाई नचाउने नरेशको रहर (भिडियो सहित)

२०७५ साउन २६, ०७:०६

कलाकार नरेश जोगीको नयाँ तीज गित सार्वजनिक भएको छ । जोगी र अनु चौधरीको स्वरमा रहेको ‘यी साल के तीज’ बोलको थारु भाषको तीज गित सार्वजनिक भएको हो । थारु संगीत क्षेत्रमा फरक स्वाद दिदै आएका जोगीले यो पटक तीजको गित बजारमा ल्याएका हुन् । थारु समुदायमा तीजको बिषेश महत्व भएकाले गित ल्याएको उनको भनाई छ । हिन्दु धर्म मान्नेको चाँड तीज भएको भन्दै उनले भने, थारु समुदायमा समेत तीज पहिले देखीनै मानीदै आएको छ । कठरीय थारु र राना थारुको पुर्खेउली सस्कृती तीज हो,  सोही जगर्नेका लागि गित ल्याएको हु । थारु तीज गितको यो भिडियोमा नरेश जोगीसंगै, जेएमसी, अनु पाराजुली लगाएयको अभिनय छ । यो गीतमा दिपक चौधरी र गोविन्द श्रेष्ठले निर्देशन गरेका छन भने रामकृष्ण चौलागाईले छायाँकन गरेका हुन । 

कमेन्ट लोड गर्नुस