सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आयडलको अडिसनमै अत्तरियाकी करिश्मा बिष्टको करिष्मा

२०७५ साउन २८, १०:१५

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १ बनखेतकी करिष्मा विष्टलाई घर परिवारका सदस्यले गीत गाएको मन पराउँदैनथे । नेपाल आयडलको धनगढी अडिसन हुँदा उनकी आमाले अन्तिम मौका हो भन्दै सहभागीको अनुमती दिईन् । सो बेला उनका बुवा र एक जना दाई विदेशमा थिए भने आमा र एक दाई घरमै थिए ।

नेपाल आयडलमा सहभागी हुने अनुमती पाएपनि उनकी आमाले साँझ ५ बजेभित्रै घर पुग्नुपर्ने सर्त राखेकी थिईन् । धनगढी अडिसन ढिलो गरी सुरु हुँदा विष्टको पालो आउदासम्म राती परिसकेको थियो । शुरुमा अडिसनमा उनले ‘उ त्यहाँ हेर मेरो तस्वीरमा’ बोलको गीत गाएकी थिइन् । तर, गाउँदा गाउँदै बीचमा रोक्किईन ।

रोक्किनुको कारण बारे निर्णायकले प्रश्न गर्दा उनको जवाफ थियो आमाले ५ बजेभित्रै पुग्नु भन्नुभएको थियो तर यही राती भईसक्यो । अनि फेरि करिश्माले निर्णायकहरुलाई आग्रह गरिन् म आफैंले बनाएको गीत सुनाउँछु नि है ? निर्णायकहरुले पनि उनको आग्रह सहर्ष स्वीकार गरे । ‘इकोे पनि लाग्यो, अकाउण्ट नि लाग्यो, अरुत अरु थियो ईग्लिंस नि लाग्यो...।’ बोलको ¥याप शैलीको गित गाउँदा निर्णायकहरु निकै उत्साहित देखिए । उनले ‘गोल्डेन टिकट’ पाउन सफल भईन् । अडिसन प्रसारण हुनुभन्दा पहिले नै उनको ¥यापको चौतर्फी तारिफ भइरहेको थियो । अडिसन प्रसारण भइसकेपछि त झनै उनको प्रतिभाको प्रशंसा भइरहेको छ । 
‘गोल्डेन टिकट’ पाईसकेपछि धनगढीबाट अत्तरिया घर तर्फ लागेकी विष्टलाई घर पुग्दासम्म मध्यरातको १२ बजिसकेको थियो । आमाले रिसाउनहुन्छ भन्ने कुरा त उनलाई धनगढीदेखि नै लागेको थियो । घर पुग्दा सबैभन्दा पहिले विष्टले आमालाई ‘गोल्डेन टिकट’ देखाईन्, तर आमाबाट कुनै प्रतिक्रिया पाईनन् । घरमै रहेका दाईलाई ‘गोल्डेन टिकट’ देखाएपछि दाईले नै आमालाई सम्झाएको उनको भनाई छ । 
१७ बर्षीया विष्टलाई आफु भित्र गीत गाउने क्षमता पनि छ भन्ने कुराको महसुस भने कक्षा ७ मा दुर्गालक्ष्मी उच्च माविमा अध्ययन गर्दा भएको हो । विद्यालयकी शिक्षिका द्रोपती शाहीले उनलाई गीत गाउन आग्रह गरेपछि उनले ‘मिठो मिठो हुन्छ नी ’ बोलको गीत गाएर सुनाईन् । सो गीत शाहीलाई मात्र होईन कक्षा कोठाका सवै जनालाई मन परेको विष्टको सम्झना छ । 
अहिले नेपाल आयडलमा छनौट भएसँगै विष्ट काठमाडौ गएकी छिन् तर आयडलको यात्रालाई सफल बनाउन तयारी गरिरहेकी छिन् । नेपाल आयडलको अडिसनमै करिष्मा देखाउन सफल बिष्टको यो यात्रा कहाँ सम्म पुग्छ त्यो भने हेर्न बाँकी छ ।

 

कमेन्ट लोड गर्नुस