सुदूर नेपाललाई विश्वसँग जोड्दै

पटाका पड्काउदा बालक नै उडेपछि...(भिडियोसहित)

२०७७ कार्तिक १६, ०२:२०

धनगढी : एउटा अचम्म लाग्दो घटना घटेको छ ।  बालकले पटाका पड्काउन खोज्दा उनी आफै हावाकमा उडेका छन् । उक्त घटना सीसीटीभी फूटेजमा कैद भएको छ । 

घटना अघिल्लो शनिवार गान्सु प्रान्तको काङ्ले काउन्टीमा भएको हो । भिडियोमा देखिएअनुसार एक सडकमा रहेको ढलको बिर्कोमा पटका पड्काउने बालक बिर्कोसँगै हावामा उडेका छन् । 

ती बालक ढलको खाल्डोमाथि बसेर पटका पड्काउँदा त्यो अचानक उडेको र बालकलाई ठूलो शक्तिले धकेलेको देखिन्छ । बालक हावामा उडेर जमीनमा पछारिएको थियो तर उसलाई गम्भीर चोटपटक लागेन । 

ढलमा रहेको मिथेन ग्यास बलिरहेको पटकाको सम्पर्कमा आउँदा यस्ता घटनाहरू हुने गर्छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस 

कमेन्ट लोड गर्नुस