सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित बेहुलीको क्वारेन्टिनमै बिहे, पीपीई लगाएर पुरोहितले पढे मन्त्र

२०७७ मंसिर २५, ०३:३४ खबर संवाददाता

धनगढी: बेहुलीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि क्वारेन्टिन सेन्टरमै उनको विवाह भएको छ।

विवाह सुरु हुनुअघि गत आइतबार बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैले कोरोना संक्रमितबाट बच्न बेहुला बेहुली दुवैले भारतको राजस्थानस्थित बरानको एक क्वारेन्टिनमै पीपीई लगाएर बिहे गरेका छन्। 

उनीहरुको विवाह गराउने पुरोहितले समेत पीपीई सेट लगाएर मन्त्र पढेका थिए। यस्तै विवाहमा सहभागी अन्य मानिसहरुले पनि पीपीई लगाएका थिए।

बेहुला र बेहुलीको नाम भने खुलाइएको छैन। विवाहपछि बेहुला र बेहुली दुवैलाई आइसोलेसनमा राखिएको छ। -सीएनएनको सहयोगमा 
 

कमेन्ट लोड गर्नुस