सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङको साडीमा उप–सभामुखको नृत्य (भिडियो सहित)

२०७५ भदौ २०, ०२:३२

हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको रौनक बढ्न थालेको छ । हुन त प्रदेश नम्वर ७ मा अहिल गौरा पर्वको रौनक चलिरहेको छ तर केहि स्थानमा भने तीजले पनि उल्लास ल्याएको हो । आज धनगढीमा साहारा तालिम केन्द्रले आयोजना गरेको तीज बिशेष कार्यक्रममा प्रदेश ७ की उपसभामुख निर्मला बडाल जोशी सहित धेरै महिलाहरुको उपस्थितिमा तीज बिशेष कार्यक्रम भईरहेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि उपसभामुखले पनि ‘हङकङको साडीले नेपालको धुलो उडायो’ बोलको गीतमा नृत्य गरेकी थिईन् । पानसमा दिप प्रज्वलन गर्दै उद्धघाटन गरिएको कार्यक्रममा नृत्य प्रतियोगिताके पनि आयोजना गरिएको आयोजक साहारा तालिम केन्द्रकी सञ्चालिका लक्ष्मी जोशीले बताईन् ।

कमेन्ट लोड गर्नुस