सुदूर नेपाललाई विश्वसँग जोड्दै

साहाराको तीजमा झुम्यो धनगढी

२०७५ भदौ २०, ०६:३५

हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको रौनक बढ्न थालेको छ । तीजको रौनक बढ्दै गएका बेला आज धनगढीमा साहारा तालिम केन्द्रले तीज बिशेष कार्यक्रमको आयोजना गरेको छ । साहाराले आयोजना गरेको तीजमा विशेष कार्यक्रममा प्रदेश नम्वर ७ की उप सभामुख निर्मला बडाल जोशी लगायतका महिलाहरुले नाच्दै रमाईलो गरेका थिए । यस्तै कार्यक्रममा नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा कोलम डान्सर प्रथम, रञ्जीता आचार्य द्धितिय, करिना भट्टराई तिृतय र शारदा श्रेष्ठले सान्त्वना स्थान हात पारेका छन् । उनीहरुलाई नगद सहित पुरष्कार वितरण गरिएको छ । 

प्रदेश ७ की उपसभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्युटिपार्लर संघकी अध्यक्ष निशा सिह, नेकपाका नेता उद्धव भट्टराई, जेसीज धनगढीका कार्यकारी उपाध्यक्ष कमल पनेरु, शिवनगर खानेपानीका सचिव मोहन ओझा लगायतको पनि उपस्थीती रहेको थियो । साहारा तालिक केन्द्रकी सञ्चालिका लक्ष्मी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत टिकेश्वरी जोशीले गरेकी थिईन् । कार्यक्रमको सञ्चालन सन्ध्या जोशी र राम बमले गरेका थिए । 

कमेन्ट लोड गर्नुस