सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका बाबा सिंह सांगितिक उडानमा

२०७५ भदौ २३, ११:१३

धनगढीका बाबा सिंह सांगितिक दुनियाँमा प्रवेश गरेका छन् । आफ्नै रचना आफ्नै कम्पोज आफ्नै संगीतमा गीत संगीत बजारमा ल्याईरहेका छन् । उनको पहिलो गीत तीन दिनको यो माया बोलको गीत चर्चा वटुलिरहेको छ । देउडाको उर्वरभुमी मानिने प्रदेश सातबाट बाबा सिंह भने पार्टी संङग र र्याप गीतमा भविष्य खोजिरहेका हुन् । 
डेढ महिना अघि सानैदेखि रहर पुरा गर्नका लागि पहिलो गीत सार्वजनिक गरे ।  तीन दिनको यो माया गीतले राम्रो चर्चा पाएपछि उनले गीत संगीतलाई भविष्य ठानेर सांगितिक दुनियाँमा कटिबद्व भएर लाग्ने योजना वनाउँदै अगाडी वढिरहेका छन् । उनको पहिलो गीत तीन दिनको यो मायाले युट्युवमा डेढ महिनामा ५३ हजार वढी भ्युवर पाएको छ । उनले आफ्ना गीतहरुलाई युट्युवमा संङस नेपालबाट सार्वजनिक गर्ने सम्झौता समेत गरिसकेका छन् । आफ्नै रचना र संगीत रहेको पार्टी गीतको म्युजिक भिडियो पनि अत्याधुनिक प्रविधिको प्रयोग गरेर छाँयाकन गरिएको छ । हरिश सिंन्हाको छाँयाकन, सम्पादन र निर्देशन रहेको म्युजिक भिडियोमा उत्कृष्ट लाईटिङहरु प्रयोग गरिएका छन् । गीतमा सिंहको छोटो र्याप पनि समावेश रहेको छ । 


अहिले उनको दोस्रो गीत साघुरोबाट पनि रेकर्ड भएर म्युजिक भिडियोको पनि छाँयाकन गरेका छन् । आफै म्युजिक भिडियोको सम्पादन गरिरहेका उनले दोस्रो गीत दशैंको समयमा सार्वजनिक गर्ने वताएका छन् । उनले आफ्नो व्यवसायसँगै गीत संगीतलाई अगाडी वढाईरहेका छन् । केही गीत तयार पारेर उनी त्यसको संगीत भर्न व्यस्त रहेका बाबा सिंहको स्वर भिन्नै शैलीको रहेकोले स्रोताले मन पराईरहेका छन् ।  
कमेन्ट लोड गर्नुस