सुदूर नेपाललाई विश्वसँग जोड्दै

निमन्त्रणा (कविता)

२०७५ भदौ २३, ०२:०७

निमन्त्रणा तिमीलाई
पठाउदैछु समेटेर प्रकृतिका मिठास 
लेख्न खोज्दैछु इन्द्रेणीसित 
लिएर उमंगका रंगहरु सापटी ।

प्रीय, तिमी आउनु मेरो जीवनमा 
वसन्तमा पलाउने बनेर नयाँ पालुवा 
जसले मरेको बुट्टालाई प्राण दिन्छ
उजाडिएको प्रकृतिलाई जीवन दिन्छ 
र, सिकाउँछ मुस्काउन
हो, तिमी एक मुठी मुस्कान बोकेर आउ 
तिमीलाई मेरो हार्दिक निमन्त्रणा !

म पुनर्जन्म लिन चाहन्छु तिमीसँग
उड्न चाहन्छु खुला आकाशमा
माथिमाथि शिकारी बाज जस्तै !

तिम्रो पवित्र मायामा भुल्न चाहन्छु आफूलाई
तिम्रै सुन्दर बगैचामा फुल्न चाहन्छु ।

बिहानीले ल्याउने 
तिमी बनेर आउ आशाका किरण 
बन्जर मेरो जीवन हराभरा गर्न 
हृदयदेखिको निमन्त्रणा तिमीलाई
तिमी आयौ भने कोही नभए पनि
प्रीतिभोज भव्य हुनेछ !

कमेन्ट लोड गर्नुस