सुदूर नेपाललाई विश्वसँग जोड्दै

गजल

२०७५ भदौ २३, ०३:१९

मेरो मुटु निकाली दिनुस् बरु यस्लाई दिनुस्
डाक्टर साब जसरी पनि छोरो बचाइ दिनुस्

रातभरी खोकेर आमाले सुत्नै दिनु हुन्न 
छोरोले भन्छ खोकी कम हुने दबाइ दिनुस्

दुश्मनले गरेका प्रहारलाई उपहार सम्झेर
पत्थरको सट्टामा हजुर फूल फर्काइ दिनुस्

गँुडमा बचेरा भोकले छट्पट्टीरहेका होलान्
घाइते चरीलाई निको बनाएर उडाइ दिनुस् 

मार्नुस बरु हजुरको पाउमा शिर आइपुग्छ 
करौतीजस्ता याद लगातार नपठाई दिनुस्
गीता स्मृति कठायत, डोटी
 

कमेन्ट लोड गर्नुस