दोस्रो विवाह गर्दै अञ्जु पन्त
२०७७ माघ २०, ०४:०२
काठमाडौं : गायिका अन्जु पन्त पुनः वैवाहिक जीवनमा बाँधिने भएकी छन्।
उनले इलामका थीर कोइरालासँग विवाह गर्न लागेकी हुन्।
गायक तथा संगीतकार मनोज राजसँग सम्बन्ध विच्छेद गरेको १ दशकपछि गायिका पन्तले विवाहको तयारी गरेकी हुन्।
विवाहको विषयमा दुवै जनाको परिवारमा कुराकानी समेत भइसकेको जनाइएको छ।
तर, विवाह भने तत्कालै नहुने थिरको भनाइ छ। अबको १ वर्षभित्र विवाह गर्ने गरी दुवैजनाले तयारी थालेको थिरले बताएका छन्।
कमेन्ट लोड गर्नुस