पोर्न भिडियो निर्माणको आरोपमा अभिनेत्री पक्राउ
२०७७ माघ २५, ०१:५४
काठमाडौं: पोर्न भिडियो निर्माणको आरोपमा बलिवुड अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई पक्राउ गरिएको छ।
पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको बलिउड मिडियाले लेखेका छन्।
एक पुलिस अधिकारीका अनुसार गहना वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन्।
पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन्।
कमेन्ट लोड गर्नुस