सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी रेखालाई उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड

२०७७ माघ २६, ११:१० खबर संवाददाता

धनगढी : कञ्चनपुरकी गायिका रेखा जोशीले उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी छिन्। 

नुवाकोटमा सम्पन्न दोस्रो नाटेश्वर म्युजिक अवार्डमा उनले ‘लै लै’ देउडा गीतबाट उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी हुन्। 

उनले नाटेश्वर म्यूजिक अवार्ड आयोजक टिमप्रति धन्यवाद व्यक्त गर्दै भनेकी छिन् –‘हजुरहरुको साथ सपोर्टले थप उर्जा मिलेको छ। विशेष गरेर यो गीतका गायक टंक तिमिल्सिना, सर्जक हर्क साउद, मोडेल अभिषेक खड्का र सोनिका रोकाया लाई सम्झिँदै गीतको अडियो भिडियो सम्पुर्ण टिमलाई धन्यवाद ! साथै नाटेश्वर म्यूजिक अवार्ड आयोजक टिमलाई पनि धेरै धेरै धन्यवाद। अवार्ड पाउनुहुने सम्पुर्णलाई बधाइ छ।’

कमेन्ट लोड गर्नुस