सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार योगीको शब्दमा भीम बिसीको ‘ऐना हेरी हेरी’ बजारमा(भिडियोसहित)

२०७७ चैत्र ५, ०४:३५ खबर संवाददाता

धनगढी: संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन्। गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ। 

उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन भट्टले गरेका हुन्। गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेको भिडियोमा गायिका एलिना र बिसी आफैले अभिनय गरेका छन्। गीतको भिडियोमा सरोज बुढाथोकीको श्रृङ्गार र कुशुम श्रेष्ठको पहिरन छ। 

सहायक निर्देशक सागरबाबु भट्ट रहेको गीत गायक बीसीले आफ्नै अफिसियल युटुब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरेका हुन्। छुट्टिएर टाढा बस्न बाध्य पे्रमिल जोडीको मार्मिक कथालाई गीत उतारिएको छ। माया, प्रेम र प्रमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुसी र सुुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ।

गीत कारुणिकमात्र होइन आधुनिक प्रविधि र लयमा निर्माण भएकाले धेरैले रुचाउने विश्वास भीम बिसीले व्यक्त गरे। बिसी सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चित बन्दै गएका सर्जकका रुपमा चिनिन्छन्। यसअघि बिसीका ‘एक कान दुई कान मैदान’, ‘झम्क्या बुलाकी’, ‘टालाटुली बाटुली’, ‘निरमाया’, जस्ता दर्जनाँै गीत लाखौं स्रोता–दर्शकले रुचाएका छन्। उनका कतिपय गीत करोड क्लबमा पनि परेका छन्।

 


 

कमेन्ट लोड गर्नुस