दीपक दीपाले ल्याए होली गीत ‘धनियाँ के होली’
२०७७ चैत्र ८, १२:१९
काठमाडौं : निर्देशक दीपाश्री निरौलाले फागू पूर्णिमा नजिकै आउँदै गर्दा यस सम्बन्धी गीत सार्वजनिक गरेकी छिन्। ‘धनियाँ के होली’ बोलको गीतमा दीपा र सुमित खड्काको स्वर छ । निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन्।
कमेन्ट लोड गर्नुस