अभिनेता सलमानको 'राधे' इदमा प्रदर्शन हुँदै
२०७८ वैशाख ८, ०४:४१
काठमाडौं: बलिउड अभिनेता सलमान खानको फिल्म ’राधे’ इदमा प्रदर्शन हुने भएको छ।
सलमानले ट्विटरमार्फत फिल्म इदमा रिलिज गर्ने घोषणा गरेका हुन्। यो फिल्म जी प्लेक्सबाट रिलिज हुने र यसको ट्रेलर २२ अप्रिलमा सार्वजनिक हुनेछ।
प्रभु देवाको निर्देशन रहेको फिल्ममा सलमान खान, दिशा पटानी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। राधे फिल्म हाल सञ्चालनमा रहेका हलहरुका साथै ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने बताइएको छ।
कमेन्ट लोड गर्नुस