धनगढीमा नेपथ्यको कन्सर्ट हुँदै
पप गितलाई लोक लय र नेपाली मौलिक लोक गितलाई लोक रक लयमा ढालेर नेपाली गित संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको चर्चीत ब्याण्ड नेपथ्य व्याण्डको धनगढीमा कन्सर्ट आयोजना हुने भएको छ। मंसिर १३ गते धनगढी रंगशालामा कन्सर्ट हुने भएको हो। दताज ईभेन्ट र म्यानसन नेपालको आयोजना तथा दारी ग्याङ धनगढीको सहयोगमा कन्सर्ट हुने भएको हो।
स्थापनाको २५ औं वर्ष मनाई रहेको नेपथ्यले विभिन्न स्थानमा आफ्नो प्रस्तुती दिईरहेको छ । नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ।