सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘द भ्वाईस अफ नेपाल’ मा निर्मला हत्याको मार्मिक गीत गुन्जिदा..

२०७५ कार्तिक १२, ११:३८ खबर संवाददाता

रियालिटी शो ‘द भ्वाईस’ को नेपाली संस्करणमा निर्मला पन्तको हत्याको मार्मिक गीत गुन्जिएपछि सवैलाई स्तब्ध वनाएको छ । आईतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई समेटेर गीत प्रस्तुत गरेका थिए । आफैं सारङगी रेटेर गाएको गीतमा तेजेन्द्र गन्धर्वले निर्मला पन्तको हत्याको घटना विवरण सुनाएका छन् । 
तेजेन्द्रले सारङ्गी रेटेर गाएको गीतमा निर्मलाको बलात्कारपछि भएको हत्या र त्यसपछिको अनुसन्धानका विषय समटेका छन् । ‘द भ्वाइस’मा निर्मला पन्तको घटनाको गीत सुनाउँदा कोच र दर्शक भावुक बनेका थिए । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी भीमदत्तनगर–२ कि निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अझैसम्म निर्मलाको हत्याराको पहिचान हुन नसकेको बिषयलाई उनले आफ्नो प्रस्तुतीमा देखाएका छन् । 

कमेन्ट लोड गर्नुस