ब्राह्माजी आउनुस सुत्नुस हजुर पनि
आज फेरि पुगेछ एक नया ग्राहक
फेरि बन्यो सौन्दर्य र दरिद्रतास एक श्राप घातक
उसको अन्तरात्माको चिच्याहट सबै निरर्थक
सजिएकी छे दुल्हन जस्तै, नया जोडा
आखामा काजल, ओठमा लाली आकर्षक
छोरी पाल्नु छ र पो पाली रहिछे हृदयमा धडक
नत्र त सास पो चल्दै हो, मृत शरीर समानार्थक
पुग्यो भर्खरै अर्को नया ग्राहक
दिनलाई च्यादर ओढाएर रातको खोजीमा
एक बेग्लै सस्तो नशा मातको खोजीमा
उ फेरि कपडा खोल्छे, कालो नग्नता
आजको अन्तिम ग्राहक होला, आफैलाई सान्त्वना
उ यसै कसै कपडा खोल्छे
कोपारीएका
चिथोरीएका
रातानिला डाम बसुन्जेल दबाइएका
स्तनमा म खोज्दैछु पुरुषत्व
हिजडोहरुको लिङ्ग पलाएछ होला?
किन बुझुन यसको महत्व?
वाशनाको बाध टुट्छ
हवसका पुजारीहरु होमिन्छन उसै वरिपरि
वाशनाको भोग गर्दा गर्दा
उसको शरिरको बास्नामा शैतानको मनपरी
आफ्नो गन्ध आफ्नो पहिचान हराइसकेछ
आज उसको शरिरबाट शैतानकै कमिज बसाइरहेछ
बाच्नका लागि सुत्नु पर्ने
सुत्नका लागि बाच्नु पर्ने
सुती हजारौ कै अर्धाङ्गीनी बनी
आह आह आह आह
नदुखेपनी कराइदिन्छे, ठेस नलागोस मर्दाङ्गीनी भनी
त्यो हिजडो यसरी दबाइरहेछ स्तन
जसरी उहीँ वेश्याले दबाउछे दिनहु अन्तरमन
हजारौ मदन कि उ मुना, छैन उसको कोहि मदन
छोरीको मुख याद आउँछ सहिदिन्छे दमन
यसै कसै दबाइदिन्छे आफ्नो अतृप्त मर्ने मन
तल माथी तल माथी निकै तेजिलो छौ तिमी
लाग्छ तिम्रो चाल, वेश्याको धडकनको चित्रण इ.सी.जी.मा
जुन दिन तलमाथी रोकिने हुनेछ कुनै करिश्मा
सम्झिनु
अब धेरै सङ्ग सुत्दा सुत्दा थाकी होला उ पनि
अब सुत्नै नपरोस भनी सदा कै लागि सुती होला उ रुहानी
अचेल यी गल्लीहरुमा
आह आह भन्दा बहेक उसका
केही मौन चित्कारहरु पनि गुन्जीरहेछन
माफ गर्नु साहेब, अपवित्र तिमी हौ, म हैन
म शरीर बेच्छु इमान हैन
म वेश्या हु बेइमान हैन
तिमी ममा थुक्छौ?? म तिमीमा थुक्छु
म वेश्या मात्र हैन, मानिस पनि हूँ
उसको सिन्दुर छैन तर सुहाग कयौ छन
औरत चरित्र उसको लागेका दाग कयौ छन
अचेल अब त उ प्राय सबै पुरुषसङ्ग सुतिसके
नैतिकता सिकाउने समाजका रामहरुसङ्ग उ सुतिसकी
बिरामी छोरी उपचारार्थ डाक्टरसङ्ग उ सुतिसकी
धन्दा बचाउन कानुनको रक्षक प्रहरीसङ्ग उ सुतिसकी
नारीको इज्जत गर्नु पर्छ भनी उसकै छोरीलाई
सामाजिक पढाउने असामाजिक शिक्षकसङ्ग उ सुतिसकी
आफुलाई मर्द भन्ने सबै नामर्दहरुसङ्ग उ सुतिसकी
अब त उ भन्छे
मेरो त सज्दामा पनि नफ्रत छ
हजुरले बनाएका सबै हिजडो पुरषसङ्ग सुतिसके
ब्रह्माजी आउनुस सुत्नुस अब हजुर पनि
मेरो यस्तो भाग्य लेखी रमिता हेर्दै हास्दै छौ भने
ओ पुरुष देवताहरु, आउ सुत म सित तिमीपनि
सुत म सित बोकेर आफ्नो ठरक र दिवानंगी
देखाइदिन्छु तिमीलाई म तिम्रो पनि मर्दानंगी
उसको पति
छोरीको पिता
छैन केही पत्तो
त लगाउने सिन्दुर कुन नामको
अचेल उनि
जति पुरुषसङ्ग सुतिन जो छन परिचित
सबैको नामको लहु झै सिन्दुर मस्तकमा सुनिस्चित
अनि आफै भइदिन्छिन रोमान्चित
सम्भोग गर्दा बगेको रगत गर्छिन संचित
त्यसकै सिन्दुर माथामा गर्छिन अंकित
भाग्य लेखिने निधार रगताम्य सुभोसित
पटक पटक पटक पटक दिन मै दशौ पटक
अनि सुक्छ लहु कहिले
सेतै सिन्दुर लाएर निस्किदिन्छिन मन्दिर
ब्रह्माजीको खोजीमा त्यो दिन उनी !