गजल
२०७५ मंसिर ८, १०:५१
छोड्छु भन्छु नसकिने लत छ मेरो पनि
ठुला होइन राम्रासंग संगत छ मेरो पनि
मुलुक नङ्ग्याउनेहरुलाइ नग्ङ्याइदिनुपर्छ
झुपडीदेखिको आवाज हो सहमत छ मेरो पनि
सार्वजनिक ठाउँमै जड्याहा नभनिदिनुहोस्
जड्याहाहरुका बिचमा इज्जत छ मेरो पनि
सम्झिनेहरुलाइ बहुत सम्झिन्छु बेलाबखत
बिर्सिनेहरुलाइ बिर्सिने आदत त मेरो पनि
कमेन्ट लोड गर्नुस