नेपथ्यले ततायो धनगढी
नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले विहीवार साँझ धनगढीमा आफूलाई प्रस्तुत गरेको छ। ध्नगढी रंगशालमा झण्डै सवा दुई घण्टा ब्याण्डले आफ्नो प्रस्तुती धनगढीवासीलाई ८ बर्षको अन्तरालपछि प्रस्तुत गरेको हो । नेपथ्यको सदाबहार पुराना हिट गीतहरुदेखि लिएर भर्खरैका ताजा सिर्जनासम्मका गीतहरु प्रस्तुतीमा अटाएको थियो । नेपथ्यका सर्वकालीन हिट ‘छेक्यो छेक्यो’, ‘चरि मर्यो’, ‘जोमसोमे बजार’ हुँदै ‘रेशम’, ‘तालको पानी’, ‘जोगले हुन्छ भेट’ ‘कोशीको पानी यो जिन्दगानी’ सम्म गुन्जिएको थियो । कतिपय राष्ट्रभक्तीले भरिएका गीत पनि अमृत गुरुङको आवाजमा गुन्जिएका थिए ।
सँधै झैँ यो प्रस्तुतीमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव, काबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए । ब्याण्ड २५ औं बर्ष पुगेको अवसरमा दाताज ईभेन्टको आयोजनामा मेनसन नेपालको सहकार्य र दाह्ी ग्याङ धनगढीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कन्सर्टमा जीवन्त र शक्तिशाली प्रस्तुतीका निम्ति नेपथ्य उसका श्रोता दर्शकमाझ परिचित छ। मनोरञ्जनका साथसाथै सामाजिक जागरण र चेतनाका आवाजहरुले उसका प्रस्तुतीमा थप विशेषता जोड्दै आएको छ। यसबाहेक प्रकाश, आवाज र दृश्य माध्यमहरुको संयोजनले कन्सर्टका पारखीहरुमाझ नेपथ्यको बेग्लै पहिचान विकास हुँदै आइरहेको छ।