सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिममा सौन्दर्य प्रतियोगिताको नाममा ठगी बढ्यो

२०७५ मंसिर १७, ०१:३५

गत बर्ष धनगढीमा आयोजना भएको लिटिल प्रिन्समा धनगढीका अनन्त कार्कीले पनि सहभागिता जनाए। प्रतियोगिता आयोजना गर्दा विजेताहरुलाई विभिन्न पुरस्कारको घोषणा गरियो। कार्की प्रतियोगितामा फस्ट रनरअप भए। फस्ट रनरअप भएपछि कार्की अध्ययनरत विद्यालयमा ५० प्रतिशत शुल्क तिर्ने घोषणा आयोजकले गरेको थियो। अनन्तका बुवा मोहन कार्कीले सो प्रतिवद्धता लिटिल प्रिन्सको दोश्रो सस्करण सम्पन्न हुँदा पनि पुरा नभएको बताए। आयोजकले शुल्क नतिरेपछि फेरी आफै शुल्क तिर्नुपरेको गुनासो उनको छ। प्रतियोगितामा सहभागिता जनाएपछि उनका परिवारले झण्डै १६ हजार बराबरको फाईनलको टिकट पनि विक्री गरेको थियो। यो त एउटा उदाहरण मात्रै हो तर स्थानीय स्तरको कला, सस्कृतीलाई उजागर गर्दै नव प्रतिभाहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले आयोजना गरिने बिभिन्न प्रतिभा मुलक कार्यक्रमहरु पछिल्लो समय धेरैका लागी कमाई खाने भाडो बन्दै गएका छन्।

विभीन्न पुरुस्कार दिने र कला क्षेत्रमा अबसर मिलाईदिने बाचा गरेपनि आयोजकहरु प्रतियोगीता सकीएपछि सम्पर्क विहीन हुदा धेरैले यस्ता प्रतियोगीता गर्नेहरुले लुट मच्चाएको पनि आरोप लगाएका छन्। आयोजकले प्रतिस्पर्धीबाट फाईनल कार्यक्रमको टिकट पनि विक्री गराउने गरेको छ। टिकट विक्री नगरे प्रतियोगिताबाट बाहिरीनुपर्ने हुन्छ। एउटा अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई यस्तो प्रतियोगितामा सहभागि गराउँदा ५० हजारदेखि एक लाख सम्म खर्च गर्नुपर्ने सुनाएका छन्। निपक्ष र प्रतिभा प्रस्फुटनको उद्येश्य राखेर प्रतियोगिता गरे फाईदा हुने भएपनि ठगी गर्ने प्रवृतीका साथ यस्ता कार्यक्रम भए समस्या हुने धनगढीको स्टेपीङ स्टोन स्कुलका प्रिन्सीपल रामजी हमालले बताए। पुर्वी नेपालमा विभीन्न कार्यक्रमहरु गर्दै आएका व्यापारीक उदेश्यले सञ्चालीत बिभिन्न नीजी सस्थाहरु पछिल्ला केहि बर्षयता सुदूरपश्चिममा पनि सक्रिय भएका छन्। कहिले मिस र मिष्टर सुदुरपश्चिम त कहिले मिस एसईई, मिष्टर एसईई, लिटिल प्रिन्स, लिटिल प्रिन्सेस लगायतका नाम दिएर यो क्षेत्रमा पनि युवा युवतीहरुका लागि प्रतिभामुलक कार्यक्रमहरु आयोजना भईरहेका छन्। तर तिनीहरुको उदेश्य यस क्षेत्रका प्रतिभालाई प्रोत्साहन दिनुभन्दा पनि नाफा कमाउने मात्रै देखिएको छ। 

सहभागीहरुको क्षमता भन्दा पनि पक्षपाती ढङगले विजेताको टुङगो लगाईने र प्रतियोगिताहरु आयोजना गर्दा रकम कुम्ल्याउनेहरु सक्रिय भएका छन्। यस्ता गतिविधि प्रदेशको अस्थायी राजधानी धनगढीमा ह्वात्तै बढेको छ। जस्को मारमा अभिभावकहरु र नव प्रतिभाहरु परिरहेका छन्। प्रत्येक प्रतिस्पर्धीबाट हजारौका दरले शुल्क लिने, तर प्रतियोगीता सकिएपछि आयोजकले घोषणा गरेजस्तो बिजेताले पुरुस्कार नै नपाउने समस्या बढेको धनगढीकै एक अर्का अभिभावकले बताए। एलएलसीमुनि अध्ययनरथहरुका लागि आयोजना गरिएका प्रतियोगितामा निशुल्क पढाउने दावी गरिएपनि विजेता भएर पनि शुल्क तिरेर अध्ययन गर्नुपरेको गुनासो धेरेको छ। उनिहरुले यस्ता कार्यक्रमहरु आयोजना गर्दा यस क्षेत्रका सरोकारवाला व्यक्तित्वहरुलाई सुईको समेत नदिएर कार्यक्रम सम्पन्न गरिहरेको आरोप बढिरहेको छ। यद्यपी फाईनल कार्यक्रममा भने यस क्षेत्रका सरोकारवालाहरुको पनि सहभागिता रहने गरेको छ। जनताको मत र फाईनलमा राखीएका निर्णायकको निर्णय अनुसार पनि बिजेताको टुङगो लाग्दैन, त्यहाँ त आयोजकहरुले आफु निकट व्यक्तीहरुलाई त्यसअघि नै बिजेता बनाईसकेको मिस सुदूरपश्चिममा सहभागि एक प्रतिस्पर्धीले आरोप लगाईन्। 

ट्यालेण्ट सोहरुमा क्षमताको प्रदर्शन गरी सोही अनुसार विभीन्न विधामा विजेताको टुङगो लगाउनुपर्ने हो तर एउटा क्षमता भएको व्यक्तिले अर्कै विधामा पुरुष्कार जितेको अनुभव पनि प्रतिस्पर्धीसंग छ। ट्यालेण्ट सो सञ्चालन गर्नेहरुको उदेश्य विसुद्ध नाफामुखी बन्दै गएको छ। उनिहरु ट्यालेण्ट सोलाई पैशा कमाउने माध्यमका रुपमा विकास गर्न थालेका छन्। अर्कोतिर त्यस्ता कार्यक्रमहरुमा यस क्षेत्रको कला, सस्कृतीले स्थान पाउनुपर्नेमा प्रतिस्पर्धीहरुलाई ग्ल्यामर कपडामा सजीन आयोजकहरुबाटै दबाव आउने गरेको छ। त्यसैले ट्यालेण्ट सो आफैमा राम्रो कार्यक्रम भएपनि उदेश्य बिपरीत चलिरहेकोले यसलाई रोक्न भने नियमनकारी नियकाले ध्यान दिएका छैनन्। यता कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने त्यस्को वास्तविकता बुझ्दै कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए। 
 

कमेन्ट लोड गर्नुस