सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडलमा रविलाई भोट गर्दा अमितलाई, अब के हुन्छ ?

२०७५ मंसिर २१, ०२:१८ खबर संवाददाता

अन्तराष्ट्रिय रियालिटी शो नेपाल आइडलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरिएका एक्ला प्रतिस्पर्धी रवि ओडलाई भोट गर्दा अमित बरालको नाम आएपछि रविका समर्थकहरु निराश भएका छन्। रविलाई मोवाईलको म्यासेज बक्समा गएर १० टाइप गर्दै ३१००९ मा भोट गर्दा अमित बराललाई भोट गर्नुभएकोमा धन्यवाद भन्दै जवाफ आउन थालेपछि रविका समर्थक निराश भएका हुन्। 

यता आइडलका निर्देशक सुरेश पौडेलले नाम अमितको आए पनि भोट रविलाई नै जाने बताए। उनले विहान केहि प्राविधिक समस्या आएकाले त्यस्तो भएपनि केहि समयमै सुधार भईसकेको बताए। नेपाल आइडल अन्तरगत अहिले उत्कृष्ट ४ छनौट गर्न रेकर्डीङ भईरहेको छ। रविलाई भोट गर्दा अमितको नाम आएको भन्दै रेकर्डीङ स्टुडीयो बाहिर रविका समर्थकहरुले नारावाजी समेत गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस