पश्चिम नेपालको लोक साहित्यलाई पाठ्यक्रममा समावेश गर्न माग
पश्चिम नेपालको लोक साहित्यलाई पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ। नेपाली लेखक संघ डोटीले डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन माग गर्दै सुदूरपश्चिम नेपालको लोक साहित्यलाई पाठ्यक्रममा समावेश गर्न माग गरेको हो।
सुदूरपीश्चमको पहिचानको रुपमा रहेको लोक साहित्यलाई नयाँ पुस्तामा हस्तान्तरण र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पुगाउनका लागि यस क्षेत्रको लोक साहित्य विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा अटाउन पर्ने माग लेखक संघ डोटीको छ। पाठ्यक्रममा समावेश भए सुदूरपश्चिम क्षेत्रको लोक साहित्यलाई जिवन्त राख्न सकिने विश्वास नेपाली लेखक संघ डोटीका अध्यक्ष फडेन्द्र साउदद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तीमा सुदूरपश्चिमबाट नेपाली साहित्यमा योगदान पुगाउने श्रष्टाहरुका श्रृजना र जिवनीलाई पनि पाठ्यक्रममा समावेश गर्नुपर्ने माग गरिएको छ।