कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सशस्त्र पहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत सशस्त्र प्रहरी बल नेपाल फरवाड बेश कार्गिलडाँडाबाट सशस्त्र प्रहरी नायव निरीक्षक टेकबहादुर सिंहको कमाण्डमा खटीएको सीमा गस्ती टोलीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो।
पुनर्वास नगरपालिका ४ आनन्द बजार स्थित सीमा ईलाकाबाट जिल्ला कैलाली गोदावरी नगरपालिका ३ मालिका टोल बस्ने अन्दाजी वर्ष १६ को करन वादीलाई पक्राउ गरिएको गणले जनाएको छ। उनको साथबाट प्रोएक्सओइल ८ गोटा नेट्राभेट १६ गोटा गरी जम्मा २४ गोटा बरामद गरी उनलाई कारबाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती बुझाइएको गणले बताएको छ।