सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २१, ०२:५७ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिकाका मोहन सिंहको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई १ लाख २२ हजार २ सय १० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र सोधपुछ भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस