सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद

२०७८ कार्तिक १, ०६:२४ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोडर आउट पोष्ट थापाचोक, गड्डाचौकी, बयलबन्दाबाट खटीएका सीमा गस्ती टोलीले सामान बरामद गरेको हो। 

१ लाख ४४ हजार बराबरको बिडी, बिभिन्न किसिमका आलमोनियमका भाडाबर्तन, साईकल, बरामद गरेको गणले जनाउको छ। बरामद गरिएका सामान आवश्यक कानूनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएका गणले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस