सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीको टापुमा फसे ५ जना

२०७८ कार्तिक २, १०:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन्। भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका हुन्। उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका छन्। 

स्थानीयका अनुसार मसेट्टीका स्थानीयले उक्त क्षेत्रमा कुखुराको खोर बनाएका थिए। त्यसकै लागि उनीहरू त्यहाँ बस्ने गरेका हुन्। आइतबारदेखि नै नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू बीचमा फसेका छन्।

ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ। खहरेमा समेत बाढीका कारण आउजाउ गर्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। 

महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेको छ।
 

कमेन्ट लोड गर्नुस