सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमी परदेश नजाउ प्रिय

२०७८ पुष १८, १२:२९

तिमी परदेश नजाउ प्रिय मलाई गाउँमा एक्लो छाडी
एक्लै बाच्न सकिँदैन यहाँ तिमीले जादा छोडी 
गरेका बाचा कसम ती सबै निभाउ प्रिय तिमीले 
गुन्द्रुक, ढिडो खाएर गाउँमा आनन्द सँगै बसौला हामीले                                                                      

 परदेशको बाटो नजाउ प्रिय प्रदेशी बन्नलाई
जन्मभूमि छोडेर तिमी परदेशी बन्नलाई
परदेशमा तिमी म एक्लो घरमा हुँदाको पीडा सम्झी–सम्झी 
त्यो बिरानो मुलुकमा तिमी छौ प्रिय, घरमा म बसे तिमीलाई सम्झी         

जन्मभूमि छोडी प्रदेशी हुनुको पीडा सबैको एउटै हुन्छ
बाबु आमा सिंगो परिवारलाई छोडेर जाँदा  मेरो मन रुन्छ
जन्मदिने आमाबुवा, साथी संगीहरुको याद आउँछ परदेशमा
बाहिरी मन हासे पनि भित्रि मन रुन्छ परदेशमा

मनमा पीडा र आखामा आँशु भए पनि फोनमा आँशु लुकाई हासेर बोल्नुपर्ने
बिछोडको बेदनाले मुटु चिरिए पनि विवस् जिन्दगीमा बाच्नु नै पर्दोरहेछ
सपना त देखेको थिए मिठो साथ दिँउला भन्ने
परदेशको बाटो, बिरानो मुलुक कहाँ सक्छु बस्न दिन गनी

परदेशमा तिमी घरमा म एक्लो हुँदाको पीडा सम्झी   
त्यो बिरानो मुलुकमा रुदै बस्यौ कि प्रिय मलाई सम्झी
तिमी नै थियौ आशा भरोसा तिमी नै परदेश गएपछि 
बारबार मनलाई रुवाएर सताउछ आँशुले सधै नुहाएपछि

मरुभूमिमा पानीको भन्दा पनि तिम्रो मायाको प्यासले प्याकप्याकी लाग्छ
प्रिय हर रात दिन तिम्रो याद र तिम्रै मायाले पोलिरहन्छ  
बुढी आमा भन्नुहुन्छ दशै आयो छोरा आएन, साहुले आउन दिएन
परदेशी भएपछि आफ्नो पीडा सुनाएर परिवारलाई पीडा दिन मनले मान्दैन       

चुल्बुले छोरी र प्रिय तिमीलाई छाडेर आउन मन त कहाँ थियो र कान्छु                                    
तिमीलाई त्यहाँ एक्लै छाडेर मलाई यहाँ मन सम्हाल्न गाह्रो हुन्छ       
मातृभूमि देखि टाढी बस्नुको पीडाले कति मन दुख्यो
परिवारको साथ र घरको गाँस छाडेर परदेशमा बस्नुपर्दा                

घरबाट बिछोडिनुको दुःख र पीडा बिदाईको बेला कस्को पो आँशु नझर्ला ?
म यता आएपछि तिमीलाई त्यता कति गाह्रो भयो होला 
घर परिवार, आफन्त, छर छिमेकी, समाजसँगको व्यवहार कसरी धान्यौ होला 
प्रिय हर रात हर दिन तिम्रो याद र मायाले पोलिरहन्छ, कहिले भेट भइएला

आँशुको धार लुकाइ रुदै बसेको छु, हजार दुःख छ परदेशमा 
पैसा कमाउन कहाँ त्यति सजिलो हुँदो रहेछ र परदेशमा
तिमीलाई छोडेर परदेशिनु मेरो रहर होईन बाध्यता भयो                              
परदेशी भूमिमा रहनुपर्दा गाउँको याद धेरै आयो                                    

आफ्नो मृत्यु आफै किनेर रंगीन सपना बोकेर जाने ठाउँ रहेछ 
जन्मभूमि छोडी प्रदेशी हुदाँको पीडा भने सबैको एउटै हुन्छ                                  
निराश नहुनु नेपाल आमाका सपुतहरु
ईश्वरले हेर्छन गरिबका यि पीडाहरु

रोजीरोटीको लागि विदेशीनु भन्दा आफ्नै देशमा रोजगारीको सिर्जना गरौं    
आफ्नै देशमा परिश्रम गरि देशलाई आत्मनिर्भर हुने अवसर सिर्जना गरौं

-गोबिन्द राज ओझा, दिपायल सिलगढी नगरपालिका वडा नं २ दिपायल डोटी        

कमेन्ट लोड गर्नुस